काठमाडौं, २४ फागुन ।
नेपाल प्रहरीका डिआईजी डा. राजीव सुब्बाले राजिनामा दिएपछि प्रहरीमा धेरैले आश्चर्य व्यक्त गरेका छन् । डिआईजीको एक वर्षे कार्यकाल बाँकी रहँदै उनले गत बुधबार राजिनामा दिएका हुन् । राजिनामा गृह मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।

सञ्चार निर्देशनालका प्रमुख रहेका डा .सुब्बा प्राविधिक भएपछि चर्चित प्रहरी अधिकृत हुन् । उनले प्रहरीभित्र आधुनिकिरणका लागि महत्वपूर्ण योगदान दिएका छन् ।
प्रहरी संगठनभित्र आफ्नो योगदानको उचित मूल्याङकन नभएको र बाहिर धेरै अवसर देखेपछि उनले राजिनामा दिएको बताइएको छ ।
न्यायोचित सरुवा बढुवा नहँुँदा प्रहरीमा तल्लो तह मात्र होइन माथिल्लो तहका प्रहरीमा पनि निराशा छ ।











