
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । बेनी नगरपालिका–८ पिपलचोकका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ हत्या भएको हो ।
बेनीको न्यूरोडमा युवाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएका गर्बुजाको टाउको र छातीमा चोट लागेको थियो । उनलाई उपचारका लागि बेनी अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा घाइते भएका अन्य दुई जनाको बेनी अस्पतालमा उपचार भइरहेको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














