Logo
Logo

काठमाडौंमा आज यस वर्षकै धेरै चिसो


2.8k
Shares

काठमाडौं । काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा आज बढी चिसो भएको हो ।

मौसमविद् गोविन्द झाका अनुसार बिहान ८ः ४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । जुन यो वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम मापन हो ।

शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको थियो । पौने ९ बजे घटेर ३ डिग्री सेल्सियसमा आइपुगेको हो ।

यसअघि माघ ८ गते साँझ काठमाडौँको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्