Logo
Logo

प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपतिले पठाए स्वास्थ्यलाभको सन्देष


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ फागुन ।

मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । बुधबार मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई एक सन्देश पठाउँदै चिनफिङले व्यक्तिगत र चिनियाँ जनताको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार चिनफिङले शनिबार उक्त सन्देश पठाएका हुन् ।
नेकपाका अध्यक्षसेत रहेका प्रधानमन्त्री ओलीसँग दुई देश र दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्ध सुमधुर बनाउन चाहेको चिनफिङको सन्देशमा लेखिएको छ । चिनफिङले सन्देशमा लेखेका छन्, ’दुई देश र दुई पार्टीबीचको सम्बन्ध सुमधुर बनाएर अगाडि बढाउनका लागि तपाईंसँग सहकार्य गर्न इच्छुक छु । विविध क्षेत्रमा द्विपक्षीय सहकार्य अझै गाढा बनाएर दुवै मुलुकका जनताको फाइदाका लागि काम गर्न इच्छुक छु ।’

बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थापाले जानकारी दिएका छन् । उनको सोमबारसम्म डिस्चार्ज हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्