Logo
Logo

जबरजस्ती करणीको अभियोगमा दुईजना पक्राउ


819
Shares

खोटाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका–२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका–८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई सोही गाउँपालिका–८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्