Logo
Logo

भोलिदेखि मेची-महाकाली संवाद यात्रामा निस्किँदै गगन


693
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भोलिदेखि मेची–महाकाली संवाद यात्रामा निस्कने भएका छन् । पार्टीका कार्यकर्ता र जनताका गुनासा सुझाव सुन्न उनी झापाको छोटी भन्सारबाट भोलि शनिबार बिहानदेखि १३ दिने संवाद यात्रामा निस्किने भएका हुन् ।

माघ २६ गतेसम्म चल्ने संवाद यात्रामा उनले हुलाकी राजमार्ग वरिपरीको समुदायसँग अन्तरक्रिया गर्ने तयारी गरेका छन् । त्यसका लागि बिहान ७ देखि ९ बजेसम्म संवाद यात्राको कार्यक्रम राखिएको छ ।

एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने तय गरेका नेताले थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २१ जिल्ला पुग्ने कार्यक्रम तय गरेका छन् ।

२१ जिल्लामा पार्टीका कार्यकर्ता र जनताका गुनासा तथा सुझाव सुन्ने कार्यक्रम रहेको उनले बताए । कांग्रेसले भोलिदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै छ । त्यही अभियान अन्तर्गत थापाले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्