Logo
Logo

लागुऔषध कारोबारी भगाउने प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ


1.6k
Shares

काठमाडौं । लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका तत्कालीन प्रहरीका जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

करिब १६ वर्षअघि हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका भारतीय नागरिक अशरफ आलमलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान वीरबल राय यादवलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरी कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार जेलबाट भगाउन यादवले त्यतिबेला अशरफसँग १ करोड रूपैयाँ मागेका थिए । तर, एक करोडमा कुरा नमिलेपछि १० लाख मागेका थिए । यादवले उनलाई हिरासतबाट भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई ६ लाख २५ हजार रूपैयाँमात्रै दिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

हिरासतबाट आरोपी भगाएपछि यादव पनि फरार थिए । एसपी रेग्मीका अनुसार उनीहरू दुबैजना भागेर भारत पुगेका थिए । यादवलाई बिहीबार झापाको काँकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो । घटनाबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्