Logo
Logo

यू-१९ विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानसँग पहिले बलिङ गर्ने


252
Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानसँग पहिलो बलिङ गर्ने भएको छ ।

इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेलमा अफगानिस्तानका कप्तान नासिर खानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै नेपाललाई बलिङको निम्तो दिएको हो ।

नेपालले आजको खेलमा टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । आज दीपक बोहरा र तिलकराज भण्डारीलाई खेलाउँदै छ । नेपालले पछिल्लो खेलमा पाकिस्तानबाट दुर्गेश गुप्ता र उत्तमथापा मगरलाई बेञ्चमा राखेको छ । सुपर सिक्समा प्रवेश गर्न नेपालले अफगानिस्तानलाई जित्नै पर्ने दवाव छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली आज सुपर सिक्समा पुग्नेछ ।

यसअघि नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्