Logo
Logo

सेनाको क्षमता अभिवृद्धि गर्न महानिर्देशनालयले महत्वपूर्ण भूमिका खेलेको छः रक्षामन्त्री



काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धिमा महानिर्देशनालयको भूमिका महत्वपूर्ण भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

उनले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षणको क्रममा यस्तो बताएका हुन् । त्यस अवसरमा उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महानिर्देशनालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

नेपाली सेना बहुव्यवसाय उद्योग–जुत्ता कारखाना, सुन्दरीजल आर्सनल कार्यालय र सुन्दरीजल मिनरल वाटर प्लान्ट निरीक्षणका क्रममा उनले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैरसैनिक सकल दर्जाको योगदानको प्रशंसा गर्दै प्रभावकारी ढङ्गबाट कार्यसम्पादनका लागि नेपाली सेना र कर्मचारीलाई हौसला दिए ।

उपप्रधानमन्त्रीका साथ प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्