Logo
Logo

दही खानुका १५ फाइदा



काठमाडौं । दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ । यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ । यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो । तर, धेरै अमिलो हुनुहुँदैंन । जानौं दहीका फाइदाः

१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।

२. दहीले हाम्रो शरीरमा स्वेतरक्त कणिकाको काम गर्छ । दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन् ।

३. दहीको नियमित सेवनबाट गाभा इन्टरफरान नन प्रोटीनको मात्रा बढी पाइन्छ ।

४. यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ ।

५. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।

६. दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ। जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु–फूटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ ।

७. ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ ।

८. दहीमा क्याल्सियम,मिनरल बढीमात्रामा पाइन्छ। ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ ।

९. दहीमा कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन बी ५, भिटामिन बी १२ पनि पाइन्छ ।

१०. दहीको सेवनले उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ ।

११. इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ ।

१२. एक अध्ययनले दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने बताएको छ ।

१३. दहीले सौन्दर्य बढाउन मद्दत गर्छ । दहीको नियमित सेवन र घाममा बस्ने हो भने कालो छाला पनि गोरो हुँदै जान्छ ।

१४. दहीमा हुने ल्याक्टिक एसिड तत्व प्राकृतिक रुपमा एन्टी फङगल हुन्छ, त्यसकारण यो चाया हटाउन पनि प्रयोग गरिन्छ भने यसले कपालका लागि प्राकृतिक कण्डिसनरको पनि काम गर्छ ।

१५. दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैंन । यसबाट हाइपरटेन्सन र उच्च रक्तचाप हुँदैंन ।

स्रोत: ‘स्वास्थ्य रक्षाका सरल उपाय’ पुस्तक र ऐजेन्सी

प्रतिक्रिया दिनुहोस्