
भक्तपुरमा पानीको बाल्टिनमा डुबेर ११ महिने शिशुको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मण देउलाको शनिबार मृत्यु भएको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
डिएसपी पाठकका अनुसार शिशु खाटमा सुतेका थिए। कपडा धुनका लागि १० लिटरको बाल्टिनभरीको पानी खाट नजिकै राखिएको थियो। सोही बाल्टिनमा शिशु खसेका थिए ।
उनलाई उपचारका लागि भक्तपुरको सिद्धी स्मृति अस्पताल लगिएकोमा अपराह्न ३ः३५ बजे चिकित्सकले मृत घोषणा गरेको डिएसपी पाठकले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले बताए ।














