Logo
Logo

यस्तो छ कट्रिना कैफको डाइट प्लान



दर्जनौँ हिट चलचित्रमा अभिनय गरिसकेकी बलिउड नायिका कट्रिना कैफलाई कुनै परिचयको आवश्यकता छैन । उमेरले ३९ वर्षकी कैफ निकै फिट र आकर्षक देखिन्छिन् । कट्रिना फिट हुनलाई के खान्छिन् र के गर्छिन ?

कट्रिना मान्छिन् कि फिटनेसमा खानाले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । उनी पोषणविद् यास्मिन कराचीवालाको डाइट प्लान फलो गर्छिन् ।

उनको आहारमा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर र फ्याट भएका खानेकुरा समावेश छ । उनी दिनभर बेलाबेलामा मिलाएर खानेकुरा खाई रहन्छिन् ।

उनी बिहान उठ्ने बित्तिकै पानी पिउँछिन् । बिहान व्यायाम गर्नुभन्दा अगाडिसम्ममा उनले चार गिलास पानी पिइसकेको हुन्छिन् । ब्रेकफास्टमा उनले ओटमिल, एक गिलास ताजा अनारको जुस र अन्डाको सेतो भाग खान्छिन् । खानामा उनी तरकारी र फलफूलसँग उमालेको राईस खाने गर्छिन् । खाना सँगै उनी हरियो सलाद खान्छिन् ।

वैकल्पिक रूपमा उनी कहिलेकाहीँ अलिकति ग्रिल गरेको माछा र ब्राउन ब्रेड पनि खान्छिन् । साँझको खाजामा उनी पिनट बटर वा नियमित स्यान्डविचसँग केही ब्राउन ब्रेड खान्छिन् ।

साँझको खानामा उनी तेल नहाली पकाएको तरकारी खान्छिन् । उनले तरकारी सँगै सुप, सलाद र कहिलेकाहीँ अण्डाको सेतो भाग पनि खाने गरेकी छन् । उनी हरेक दिन बिहान ’वाक’को लागि बाहिर निस्किन्छिन् । यसले उनको शरीरलाई सक्रिय राख्छ ।

उनी हप्तामा तीन पटक मात्रै जिम जान्छिन्, जहाँ उनी धेरै कोर र एबीएस एक्सरसाइजमा संलग्न हुन्छिन्, जसमा आइसो–प्ल्याङ्किङ, दौड, साइकल चलाउने समावेश छ । कट्रिनालाई पौडी खेल्न मन पर्छ। जसले उनको मांसपेशीहरू बलियो बनाउन र फिट राख्न मद्दत गर्दछ ।

उनी योग र ध्यान पनि गर्छिन् किनभने योगले उनलाई मानसिक शान्ति प्राप्त गर्न मद्दत गर्छ । कट्रिना सकेसम्म बेलाबेलामा खाने कुरा खाई रहन र व्यायाम गर्न सल्लाह दिन्छिन्।

प्रतिक्रिया दिनुहोस्