Logo
Logo

तराई-मधेशमा प्रशिक्षण सञ्चालन गर्दै राप्रपा नेपाल


504
Shares

काठमाडौं । राप्रपा नेपालले तराई–मधेश क्षेत्रमा पर्ने जिल्लामा सघन प्रशिक्षण सञ्चालन गर्ने भएको छ । यही माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण लगत्तै राप्रपाले तराई मधेश क्षेत्रमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

माघ २५ गते सप्तरी र उदयपुर, २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण सञ्चालन हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मुलुकको अवस्था बदल्न व्यवस्था परिवर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पूर्वतयारीका रूपमा अघि बढाउने जनाएको छ ।

पार्टीको संगठन सुदृढीकरण अभियान, भाबी कार्ययोजना र आन्दोलनको आवश्यकताबारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने छन् ।

प्रतिक्रिया दिनुहोस्