Logo
Logo

पर्यटनमन्त्रीको प्रश्न- परिणाम दिन नसक्ने कर्मचारीलाई निगममा किन राख्ने ?


1k
Shares

काठमाडौं ।  सन २०१२ बाट ग्राउन्डेड ट्वीनअटर जहान बनाउन नागरिक उड्डयनमन्त्री सुदन किरातीले निर्देशन दिएको करिब ६ महिना भयो । 

कानुनी प्रक्रिया पुरा भएको २ महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किरातीलाई वचन दिएका थिए । 

मन्त्री किरातीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो । त्यही अनुसार मन्त्री किरातीले सञ्चारमाध्यममा हाल सञ्चालनमा रहेको २ र नयाँ खरिद गरिने ३ जहाज सँगै ग्राउन्डेड जहाज बनाएर ६ ओटा जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आएका थिए । 

तर, ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको २ महिना बित्न लाग्दा समेत जहाज नबनेपछि सोमबार मन्त्री किराती अनुगमनका लागि जहाज मर्मतस्थलमा पुगे । 

जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाए पछि कडा रुपम प्रस्तुत भएका थिए ।

मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई लक्षित गर्दै भने– ‘जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो जहाज कहिलेसम्म बनिसक्छ ? यसको उत्तर चाहियो ? पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ? 

उनले थपे– ‘मलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेका हुन् र प्रधानमन्त्रीज्यूले मलाई यो मन्त्रालयको जिम्मा दिनुभएको हो । तपाईँबाट मैले जस्तै मबाट प्रधानमन्त्रीज्यूले परिणाम खोज्नु हुन्छ ।  मैले परिणाम दिन नसके मलाई प्रधानमन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने ?’

बोर्ड बैठकबाट करिब २० करोड सम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तर हालसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्य योजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेपछि मन्त्री किराती खरो उत्रिएका हुन् ।

मन्त्री किरातीले प्रत्येक हप्ता आफू निरीक्षणमा आउने र कार्य योजना अनुसार काम गरेर प्रगति विवरण आफूलाई पेस गर्न निगमलाई निर्देशन दिएका छन् । 

मन्त्री किरातीले भने– ‘कानुनी बाधा हटाउन आफू तयार रहेको र आफूलाई खालि परिणामसँग सरोकार रहेकाले जसरी हुन्छ ।’

उनले चाँडो जहाज बनाई सक्न निर्देशन दिएका छन् । अन्यथा आफू निर्मम भएर ढिलासुस्ती गर्ने कर्मचारीप्रति कदम चाल्ने समेत चेतावनी दिएका छन् । 

आफूले ती कुनै पनि मन्त्रीले निगमको पक्षमा विगतमा खुलेर बचाउमा नलागेको गुनासो गर्दै  यतिबेला समेत निगम सुधार नभए कहिल्यै नहुने बताएका छन् । 

पछिल्ला समय मन्त्री किरातीले नीतिगत काम र परिणाममुखी काममा ध्यान दिइरहेको सचिवालयले जनाएका छन् । 

अबको ३ महिनामा आफ्नो मन्त्रालयबाट ठुला परिणाम र नीतिगत काम निकाल्ने भन्दै सचिवालयलाई समेत मन्त्रालयमा अनावश्यक भिडभाड नगराउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्