काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको ५ सदस्यीय उच्चस्तरीय समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन संयोजक टंकमणि शर्माले प्रतिवेदन बुझाएको र त्यस विषयमा सार्वजनिक रूपमा जानकारी गराउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
मंसिर तेस्रो साता गठित समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले थिए ।
टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको सेयर विदेशमा नै बिक्री भएको र नेपालका सरकारी निकायलाई जानकारी नदिएको भन्ने सार्वजनिक भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।