Logo
Logo

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौला पदमुक्त


1.6k
Shares

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई पदमुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय गरेको पत्र स्वास्थ्य मन्त्रालयमा आइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । यसअघि पनि मन्त्री बस्नेतले बसौलालाई स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरण सोधिएपछि असोज २६ को मन्त्रीस्तरीय निर्णयबाट बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको थियो । मन्त्रालयको निर्णयविरुद्ध बसौला कात्तिक १७ मा सर्वोच्च गएका थिए । सर्वोच्चले बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न पुस ६ मा अन्तरिम आदेश जारी गरेपछि उनी काममा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्