धनगढी । कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने श्रीमान/श्रीमती घाइते भएका छन् ।
मंगलबार साँझ धनगढी उपमहानगरपालिका–६ जालीस्थित वासुदेवी स्कुल नजिक से १ प २८५९ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा बर्दियाको बाँसगढी नगरपालिका–४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुल दीप चन्दले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । सो दुर्घटनामा जाई बस्ने २५ बर्सका रमेश चौधरी र २३ बर्सकी चन्द्रावती राना घाइते भएका छन् । उनीहरू दम्पती हुन् ।
दुर्घटना भएको स्कुटरमा तीनजना सवार रहेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।














