Logo
Logo

सुदनलाई बालेनको साथ


1.7k
Shares

काठमाडौं । पशुपति क्षेत्रका अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर हटाइने भएको छ । पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले पशुपति क्षेत्रका जग्गा हडपेर बनाइएका अवैधानिक संरचना तथा घर तत्काल कानुनी प्रक्रिया पुर्याएर हटाउने निर्णय गरेको हो ।

कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन महानगरलाई निर्देशन दिएका छन् ।

बैठकमा मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्राविधिक मूल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने प्रतिवद्धता जनाएका छन् ।

पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका ८ गाँचा पोखरीमा ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर घर बनाएर भोगचलन गर्दै आएका छन् ।

त्यस्तै वडा नं ३ भगवानस्थानमा ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएका छन् । सिफलस्थित लामा पोखरीमा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको कोषले जनाएको छ ।

यी जग्गामा रहेको संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ । प्राविधिक मूल्यांकन आएको दिन नै महानगरले संरचना भत्काउने तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्