प्युठान । प्युठानको जुम्रीस्थित एक टहरामा बेवारिसे अवस्थामा नवजात शिशु भेटिएको छ । होटेल आयुष्मानजिकै जस्ताले बनाएको छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब ७ बजेतिर बच्चा रोएको आवाज स्थानीयबासिन्दाले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बच्चा कसको हो ? किन यसरी बेवारिसे छाडे भन्ने बारेमा केही खुलेको छैन । त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरस निरीक्षक तथा सूचना अधिकारी हुमानन्द खनालले बताए ।