Logo
Logo

इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी सुनार जेल चलान


630
Shares

बागलुङ । सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ । जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल चलान भएकी हुन् ।

उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि अदालतको आदेशले उनलाई पुर्पक्षका लागि जेल पठाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निसीखोला गाउँपालिका–३ कीसुनारलाई ललितपुरको धोबीघाटबाट गत बिहीबार बेलुकी पक्राउ गरेको थियो । बचतकर्ताको डेढ अर्बभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेपछि सहकारीका संस्थापक तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहितका सञ्चालक फरार थिए । नेपालीसँगै उनी फरार थिइन् ।

सोही मुद्दामासहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन् । डोरपाटन नगरपालिकाका मेयर तथा सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहितलाई ठगी मुद्दामा ९ जनालाई पक्राउ आदेश जारी भएको छ । तीमध्ये अहिलेसम्म ६ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्