Logo
Logo

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले लियो गोरेसँग बयान


378
Shares

काठमाडौं । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले बहुचर्चित साढे ३३ किलो सुन तस्करीका योजनाकारमध्ये एक चूडामणि उप्रेती ‘गोरे’सँग बयान लिएको छ ।

केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी ‘गोरे’सँग आयोगले बुधबार सिंहदरबारमा बयान लिएको हो ।

केन्द्रीय कारागारको गोलघरभित्र रहेका गोरेलाई आयोगले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा रहेको कार्यालय बोलाएर बयान लिइएको हो ।

गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित उक्त आयोगले गोरेसँग लिएको बयानको विस्तृत विवरण खुलाएको छैन ।

त्यसैगरी आयोगले साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको ६१ किलो सुनबारे अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख र अनुसन्धान अधिकृतसँग पनि यसबारे सोधपुछ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्