Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार विज्ञप्ति प्रकाशित गरी माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको हो ।

निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढेर १९ सय १० कायम भएको छ । अहिलेसम्म ग्यास १८९५ मा पाइन्थ्यो । यस्तै, पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल मट्टितेलमा २/२ रुपैयाँ मूल्य बृद्धि भएको छ । अब पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १५८ रुपैयाँ पुगेको छ ।

यसअघि पेट्रोल डिजेलसहित ग्यासको मूल्य भारतबाट घटबढ भएर आएपनि सरकारले बढाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्