Logo
Logo

निकट भबिष्यमै निर्यातकर्तालाई सहुलियत उपलब्ध गराउने छौँ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि र दिगो विकासलाई प्रवद्र्धन गर्न निर्यातकर्ताले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बिहीबार निर्यात व्यवसायी महासंघ नेपाल (फीन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री महतले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डकारुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन् ।

अर्थमन्त्री महतले भने, ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहँदै आएको छ ।’

उनले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका सवाल सबै जायज भएको बताए । तैपनि आर्थिक स्रोतको कमीका कारण व्यवसायीको माग तत्काल सम्बोधन गर्न नसिएको बताउँदै उनले भने, ‘हामी निकट भबिष्यमा निर्यातकर्तालाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

भारतसँगको व्यापार सम्झौंताबाट फाईदा लिन छाडेर साफ्टाको बिषय उठाउन आवश्यक नरहेको उनको भनाइ छ ।
वार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरुलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्