Logo
Logo

सबै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन


1.8k
Shares

काठमाडौं । सरकारले काठमाडौं, पोखरा, भैरहवा र पुर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित पीपीपी मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव संकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानीबोर्डका सह सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन भएकाे छ ।

त्यस्तै बायुसेवा निगम करार व्यवस्थापनका लागि पूर्व योजना आयोगको उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको सँयोजकत्वमा, व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरि ५ जनाको समिति तयार गरिएको छ ।

समितिलाई ४५ दिनको समय अवधि दिइएको छ । यससंगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ व्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शत्तीखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने संभावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्