Logo
Logo

युरोप पठाइदिन्छु भन्दै ६ सयभन्दा ठगी गर्ने पक्राउ


441
Shares

काठमाडौं । युरोपका माल्टा, पोल्याण्ड, क्रोशिया लगायतका देशमा पठाइदिन्छु भन्दै ६ सय जनाभन्दा बढी सर्वसाधारणलाई ठग्ने एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।​

बिहीवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका– ४‚ ललितपुर घर भई इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङ रहेका छन् ।

उनले कामनपा-१६ स्थित बालाजु चोकमा युरो विङ्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिई युरोपेली मुलुक पठाइदिन्छु भनी ६ सयभन्दा बढी सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको प्रहरी नायव उपरीक्षक अनिल घिमिरेले बताए । उनका अनुसार तामाङ वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए ।

उनका अनुसार पक्राउ परेका तामाङले युरोपमा कामदार पठाउँछु भनेर माल्टा ८ लाख, पोल्याण्ड ७ लाख‚ क्रोशिया ६ लाख ५० हजार रुपैयाँ ठगेको खुलेको छ । ६ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको प्रहरीले बताएको छ ।

ठगेकी रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, बसुन्धारामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत् सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रासलेट खरिद गरेको पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस्