Logo
Logo

अरुण चौधरी चिरायु अस्पतालमा भर्ना


2.2k
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को नियन्त्रणमा रहेका व्यवसायी अरुण चौधरी चिरायु अस्पताल भर्ना भएका छन् । सीआइबीका एक अधिकृतका अनुसार मुटुमा समस्या देखिएपछि चौधरीलाई महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको हाे ।

अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा हडपेको आरोप छ । चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन् ।

अरुण चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् । अजितनारायण बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष हुन् । उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्