Logo
Logo

आगलागीमा परेर पोखरा घर भएका दिदी र बहिनीको स्कटल्यान्डमा मृत्यु


693
Shares

काठमाडौं । स्कटल्यान्डको एबर्डिनमा दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ ।

पोखरा घर भई एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्‍यु भएको हो ।

उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा.यज्ञप्रसाद सुवेदीका छोरी हुन् । मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन् ।

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका दिदी बहिनी आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी परिवारजनले गरेका छन् । सोही घटनामा आगलागीमा परेर निस्सासिएका अन्य ५ जनालाई प्रहरीले उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्