Logo
Logo

नवलपरासीमा रात्रि बस र टिपर ठोक्किँदा १७ जना घाइते


630
Shares

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रात्रि बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार ११ जना अस्पतालमा उपचाररत छन् भने ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर गएरति पौने १० बजेतिर सुनवल–४ स्थित गैरे पेट्रोलपम्पनजिकै ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका छन् ।

घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जी प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्