Logo
Logo

नेकपाले पर्चा जारी गर्दै भन्यो, ‘भ्रष्टाचार गरेकाले गोकुलमाथि कारबाही’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ फागुन । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा विष्फोट प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूह नेतृत्वको नेकपाले गरेको प्रहरीले आशंका प्रहरीले गरेको छ । बाँस्कोटाको निर्माणाधिन घरमा आज बुधबार बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको थियो । उक्त विष्फोटको प्रारम्भिक अनुसन्धानमा प्रतिबन्धित समूह संलग्न देखिएको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनास्थलमा सञ्चारकर्मीसँग प्रतिबन्धित समूहलाई लक्षित गरेर अनुसन्धानको दायरालाई साँघुरो बनाएका बताएका छन् ।
यस्तै, प्रतिबन्धीत नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदांगो पारेकाले कारबाही गरिएको जनाएको छ । नेकपाको उक्त पर्चा इरातो खबर डटकमले सार्वजनिक गरेको छ । उक्त अनलाइन विप्लव समूह निकट मानिन्छ ।
‘भ्रष्टचारी गोकुल बाँस्कोटामाथि कारबाही किन ?’ शिर्षकमा सार्वजनिक गरिएको उक्त पर्चामा बुँदागत रुपमा विष्फोटकको कारण उल्लेख गरिएको छ । ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कंगाल बनाउने भूमिका खेलेकाले’लगायतका १० वटा बुँदा उल्लेख गरिएको छ ।
सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिउ । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्