Logo
Logo

प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोकेको ओलीको आरोप


315
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले स्काउटको अधिवेशन रोकेको आरोप लगाएका छन् । शुक्रबार पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले हार्ने अवस्था आएपछि प्रधानमन्त्रील स्काउटको अधिवेशन रोकेको आरोप लगाएका हुन् ।

‘स्काउट एउटा स्वतन्त्र संस्था हो । मानका लागि प्रधानमन्त्रीलाई संरक्षक भनिएको छ’ अध्यक्ष ओलीले भने, ‘स्काटउको आजबाट सम्मेलन छ चुनावसुनाव होला सायद । गठबन्धनले नजित्ला जस्तो देखियो रे । त्यसो भएर प्रधानमन्त्रीले सम्मेलन स्थगित गर्नू भनेका छन् । स्काटमा कांग्रेसले लुटेर खाइरहेको छ दादागिरी देखाएर खाइरहेको छ ।’

उनले त्यसको विधानमा संरक्षकले निर्देशन दिनसक्ने उल्लेख भएको भन्दै ओली भने, ‘निर्देशन दिने भनेको भताभुंग पार्ने निर्देशन भनेको होइन । सकारात्मक काम गर्न भनेको हो हस्तक्षेप गर्नुलाई निर्देशन भनिँदैन ।’

पहिले पनि स्काउट भंगगर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गर्दै ओलीले भने, ‘मैले आजमात्रै प्रधानमन्त्रीजीलाई सोधे, हारिने भएको साँचै हो ? स्काउटमा प्रधानमन्त्रीले, कांग्रेसले कसरी हार्छ मैले बुझिन क्या । स्काउटमा त्यहाँको पो कुरा हुन्छ त, के भन्या हो त्यो ?’

प्रतिक्रिया दिनुहोस्