Logo
Logo

जागिरबाट निकालिएपछि ब्ल्याकमेलिङ धन्दामा नेताका छोरा


25.4k
Shares

काठमाडौं । नेपाल माउन्टेन एकेडेमीका एक पूर्वकर्मचारीले सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेलिङ सुरु गरेका छन् ।

करारमा पढाउँदै आएका प्रतीकबहादुर खत्रीलाई एकेडेमीले पढाउन रोकेपछि उनले सामाजिक सञ्जालको दुरुपयोग गरी उक्त संस्थाको बदनाम गराउँदै ब्ल्याकमेलिङ थालेका हुन् । उनी नेकपा एमाले गुल्मीका नेता खड्गबहादुर खत्रीका छोरा हुन् ।

खड्गबहादुर वि.स. २०७४ मा कणार्ली प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । त्यसबेला उनले छोरा प्रतीकलाई स्वकीय सचिव बनाएका थिए । तर, अहिले उनै प्रतीक नक्कली फेसबुक एकाउन्ट बनाएर ब्ल्याकमेलिङ धन्दामा लागेको एकेडेमीका एक कर्मचारीले जानकारी दिए ।

विद्यार्थीले प्रतीकको बारेमा ‘कम्प्लेन’ गरेपछि उनलाई यही नयाँ शैक्षिक सत्रबाट एकेडेमीले पढाउन रोक लगाएको थियो । उनले स्नातक पर्वतारोहण अध्ययन (बीएमएस) पढाउँदै आएका थिए ।

तर, एकेडेमीले पढाउन रोकेपछि नक्कली फेसबुक एकाउन्ट बनाएर उनी एकेडेमीको बदनाम गराउन लागिपरेका हुन् । प्रतिकले ‘सेभ नेपाल माउन्टेन एकेडेमी’ नामक नक्कली फेसबुक एकाउन्ट खोली माउन्टेन एकेडेमीका कर्मचारीका बारेमा भ्रामक र मानहानि हुने पोस्ट गर्ने गरेका छन् ।

प्रतीकलाई एकेडेमीबाट हटाउनुको मुख्य कारण विद्यार्थीहरूको कम्प्लेन भएको कर्मचारी बताउँछन् । मादक पदार्थ र गाँजा खाएर पढाउन जान थालेपछि विद्यार्थीले एकेडेमी प्रशासनसँग ‘कम्प्लेन’ गरेका थिए । विद्यार्थीको ‘कम्प्लेन’पछि उनलाई पढाउन रोक लगाएको एकेडेमीले जनाएको छ ।

आफूलाई पढाउन नदिएपछि उनले विभिन्न नेताबाट फोन गराएर धम्क्याएका समेत थिए । तर, एकेडेमी पछि नहटेपछि उनी सामाजिक सञ्जालको सहारा लिन पुगेका हुन् ।

एकेडेमीले आफूलाई पुनः काम नदिएसम्म दुःख दिइरहने उनले आफू निकटहरूलाई बताउने गरेका छन् । तर, एकेडेमी भने उनलाई कुनै पनि हालतमा पढाउन नदिने अडानमा छ ।

प्रतीकमाथि यसअघि पनि महिला सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यसबेला उनलाई विद्यार्थीको एक समूहले कुटपिट समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्