Logo
Logo

प्रचण्ड सरकार कांग्रेसलाई असफल बनाउने मिसनमा छ : नेता महर


945
Shares

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हिर्काउने रणनीति अपनाइरहेको टिप्प्णी गरेका छन् ।

नेपाली कांग्रेस चाँगुनारायण नगर समितिको प्रथम सम्मेलनलाई शनिबार दुवाकोटमा सम्बोधन गर्दै नेता महरले कांग्रेस पार्टीको असफलता रोक्नका लागि वर्तमान गठबन्धनको नेतृत्वबाटै प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । कांग्रेसलाई असफल बनाउने मिसनमा प्रचण्ड सरकार रहेको उनको आरोप छ ।

नेता महरले सरकारले जनपक्षीय काम नगर्ने र त्यसको असफलताको भारी कांग्रेसलाई बोकाउने नीति लिएको आरोप लगाए । उनले प्रधानमन्त्रीले सुशासन कायम गर्न नसकेको र आलोचना बढ्न थालेपछि कांग्रेसमाथि प्रहार साँधेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्