काठमाडौं, २८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला डिस्चार्ज भएकी छन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी भान्जी नाता पर्ने उनले मिर्गाैला दान गरेकी थिइन् । उनको स्वास्थ्य सामान्य बन्दै गएपछि बुधबार दिउँसो चिकित्सकहरुले सङ्ग्रौलालाई डिस्चार्ज दिएका हुन् ।
प्रधानमन्त्री ओलीलाई भने अझै केही दिन अस्पतालमा राखिने भएको छ । ओलीको स्वास्थ्यमा पनि अपेक्षित सुधार भइरहेको र डिस्चार्ज गर्दा संक्रमण हुन सक्ने भएकाले ढिलाई गरिएको अस्पताल स्रोतले जनाएकोछ ।











