
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । शनिबार बसेको केन्द्रीय समितिले गरेको निर्णय अनुमोदन गर्न आज आइतबार १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
शनिबार बसेको बैठकले महाधिवेशनको मिति एक वर्ष थप्ने, रिक्त रहेको २१ केन्द्रीय सदस्यहरूलाई अद्यावधि गरी निर्वाचन आयोगलाई बुझाउने, पार्टी एकताको प्रक्रियालाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको छ ।
त्यस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संविधान संशोधन, वित्तीय क्षेत्रका समस्या, भ्रष्टाचार नियन्त्रण, नेसपा केन्द्रीय सदस्य जीतमान पुन मार्सलको रिहाइ, टीआरसी लगायत शान्ति प्रक्रियाको छिटो पूर्णता, प्रदेश–१ को पहिचानका आधारमा नामाङ्कन आदि समसामयिक ८ बुँदे प्रस्ताव पनि बैठकले पारित गरेको छ ।














