Logo
Logo

सावित्रा भण्डारीको फ्रेन्च क्लवमा डेब्यू


441
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले फ्रेन्च लिगमा डेब्यु गरेकी छन् । साम्बाले फ्रान्सको ए लेवलको क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेलेकी छन् । बोर्डोविरुद्धको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

शुक्रबारमात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् । ७५औं मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्समा लिग खेल्ने उनले पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी छन् ।

खेलमा आठौं मिनेटमा एन्टोइन स्टारोभाले गोल गर्दै गुईंगाम्पलाई अग्रता दिलाएकी थिइन् । तर, लौरा बौर्गोइनले ३६औं मिनेटमा बोर्डोका लागि बराबरी गोल गरेकी थिइन् । शनिबारको बराबरी खेलपछि गुईंगाम्प १३ खेलमा २ जित, ३ बराबरी र ८ हारको नतिजा निकाल्दै ९ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्