Logo
Logo

महानगरले भत्कायो आलोकनगरमा अनधिकृत १४ वटा टहरा


1.7k
Shares

काठमाडौं । काठमाडौं महानगरले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि आइतबार डोजर चलाएको हो ।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले आज १४ वटा टहरा भत्काइरहेको बताए ।

उनले अनधिृकतरुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको बताउँदै भने, ‘अनधिकृत रूपमा वषौंदेखि यस स्थानलाई कब्जा गरेर मानिस बसेका रहेछन् । भौतिक संरचना बनाएर भाडामा समेत लगाइएको रहेको छ ।’

अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आएको भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर टहरा भत्काइको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्