Logo
Logo

काठमाडौं महानगरपालिकामा सर्तकता केन्द्रको छड्के


1k
Shares

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रको छड्के अनुगमनमा काठमाडौं महानगरपालिका परेको छ ।

आइतबार केन्द्रले गरेको छड्केमा काठमाडौं महानगरपालिका परेको सर्तकता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार छड्के अनुगमनका क्रममा नौ जना कर्मचारीले तोकिएको पोशाक नलगाई उपस्थित भएको पाइएको छ । यस्तै दुई जना कर्मचारी भने कार्यकक्षमा नभेटिएको उनले बताए ।

सोही क्रममा १० नम्बर वडा कार्यालयमा सात जना अनुपस्थित रहेको र एक जना कार्यकक्षमा नभेटिएको उनले बताए ।

वडा नम्बर २९ को कार्यालयमा भने पाँच जना कर्मचारी अनुपस्थित थिए । त्यसैगरी तीन जनाले तोकिएको पोशाक नलगाएको केन्द्रको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी यही वडा कार्यालयमा महिला पुरूषको शौचालय नुछुट्याइएको, स्तनपान कक्ष नभएको, चमेनागृह नरहेको पनि पाइएको उल्लेख छ ।

१० नम्बर वडामा भने स्तनपान कक्ष र चमेनागृह नभएको तथा सहायता कक्ष निर्माणाधिन अवस्थामा रहेको पाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्