Logo
Logo

क्यानले घोषणा गर्‍यो दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छुट्टाछुट्टै क्रिकेट टोली


1.6k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघले निकट भविष्यमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

क्यानले यसै साता हुने क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला र त्यसलगत्तै सुरु हुने आईसीसी विश्व लिग–२ अन्तर्गतको शृंखलाका लागि राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

क्यानले दुवै प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा छुट्टाछुट्टै टोलीको घोषणा गरेको छ । क्यानडाविरुद्धको शृंखलाका लागि घोषित टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, देब खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

नेपाली क्रिकेट टोलीले क्यानडासँग फेब्रुअरी ८, १० र १२ तारिखमा तीन खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । तयसलगत्तै नेपाली टोली लिग(२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा सहभागी हुनेछ ।

यसैगरी क्यानले लिग–२ शृंखलाका लागि घोषणा गरेको टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल रहेका छन् ।

उक्त शृंखलाका लागि घोषित टोलीमा वैकल्पिक खेलाडीका रुपमा प्रतिश जीसी, देब खनाल, अनिल शाह र विवेक यादव पनि छन् ।

प्रतिक्रिया दिनुहोस्