
काठमाडौं । सन् २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गएराति फाइनल खेल न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने घोषणा गरेको हो ।
उक्त खेल सन् २०२६ को जुलाई १९ मा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन् । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् ।
विश्वकपको उद्घाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।
अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो भने सन् २०२६ मा दोस्रो पटक गर्न लागेको हो ।














