Logo
Logo

बनेपाबाट ७३ बोरा गाँजासहित तीन जना पक्राउ


1.1k
Shares

काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपाले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार (आज) बिहान पनौतीबाट बनेपातर्फ आइरहेको बा ६ च २९६ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा चालकसहित एक महिला र एक पुरुषसहित तीनजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए ।

प्रहरीका अनुसार चेक गर्ने क्रममा भाग्न खोजेपछि उनीहरुलाई गाँजाको बोरासहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भइ हाल काठमाडौं बालाजु बस्दै आएका ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप–८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षाीय संजीव तामाङ र रामेछाप ८ कै हाल बालाजु डेरा गरी बस्ने ५३ वर्षाीय बिमला तामाङ रहेको प्रहरीले जनाएको छ ।

पनौती रोडपस्थित छाला कारखानामा पक्राउ परेका तीनजनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनजनासहित गाँजा र गाडी इलाका प्रहरी कार्यालय बनेपा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्