काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसदको हिउँदे अधिवेशनको पहिलो बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।
सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक साढे १ बजे बोलाइएको छ । प्रतिनिधिसभाको बैठक सोमबार आज अपरान्ह ४ बजे बस्दैछ ।

बैठकमा प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत गर्ने लगायतका विषयमा छलफल हुनेछ । सभामुख घिमिरेले सातामा तीन दिन सदनको बैठक र अर्को तीन दिन संसदीय समितिको बैठक बस्न मिने गरी क्यालेन्डर प्रस्ताव गरेका छन् ।














