काठमाडौं, २९ फागुन ।
विश्वभरी कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि छिमेकी मुलुक भारतले पर्यटक भिसा रोक्न्े निर्णय गरेको छ । १५ मार्चदेखि विदेशीलाई पर्यटक भिसा नदिने निर्णय गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको घोषणा गरिसकेको छ । यूरोप, अमेरिका लगायत देशमा तिव्र गतिमा यसको संक्रमण फैलिरहेको छ । अमेरिकाले समेत यूरोपबाट अमेरिका प्रवेशमा निषेध गरेको छ । चीनले विदेशी नागरिक भित्रदा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ ।
हुन त नेपालमा अहिलेसम्म संक्रमण भेटिएको छैन । तर, विदेशी नागरिकहरु खुलेआम भित्रिएकाले जोखिम बढेको छ । नेपालले पनि धेरै संक्रमण भएका आठ देशका नागरिलाई अन अराइभल भिसा रोकेको छ । तर, पनि ठूलो संख्यामा विदेशीहरु आइरहेका छन् । नेपालले पनि पर्यटक रोकेर विदेशबाट आउने आफ्नै देशका नागरिकमाथि निगरानी नगरे ठूलो महामारी हुने चिन्ता स्वास्थ्यकर्मीहरुको छ ।











