Logo
Logo

लुम्बिनीमा हिउँदे अधिवेशन आह्वान


315
Shares

दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान गरिएको छ। फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

मन्त्रिपरिषदको निर्णयपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुख अमिश शेरचनलाई बैठक आह्वानका लागि सिफारिस गरेका थिए । सोहीबमोजिम प्रदेश प्रमुखले फागुन १८ गते हिउँदे अधिवेशन आह्वान गरेका हुन् ।

शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्