Logo
Logo

आगो बालेर सुत्दा घरमा आगलागी, दाजुबहिनीकै मृत्यु


504
Shares

मुगु । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालका १४ वर्षीय छोरा विशाल १२ वर्षीया छोरी झरनाको जलेर मृत्यु भएको छ ।

सरस्वतीको जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतिरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनका छोराछोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीयको सहयोग आगो निभाएको थियो ।

आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्