Logo
Logo

प्रक्रिया पूरा भएका कम्पनीलाई आइपीओ निष्कासन गर्ने अनुमति दिनुपर्छ: अध्यक्ष ढकाल


378
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओ निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् ।

बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)ले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपीओमा लैजान लाइनमा रहेको भएपनि केही महिना यता रोकिएको बताए ।

प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने उनको भनाइ छ । उनले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने बताए ।

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसाबले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताउँदै उनले नेपालमा लगानी गर्ने वातावरणमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्