Logo
Logo

वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुको विकल्प छैन : अर्थमन्त्री


504
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने काम सुरु गरेको बताएका छन् । आज इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान)ले आयोजना गरेको अन्तरक्रिया बाल्दै उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए ।

अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए । श्रोत नै सुनिश्चित नभईकन घोषणा भएका योजना र शिलान्यास भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको उनले बताए ।

उनले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गर्दै बाह्य क्षेत्र पनि नेपालमा लगानी गर्न सकारात्मक रहेको बताए । अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको पनि बताए ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने उनले बताए । माफी गर्न सक्ने आर्थिक श्रोत देशको नरहेकाले ऋण माफी नहुने उनले बताए ।

केही मानिसहरू राजनैतिक निहित उद्देश्य लिएर ऋण तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको बताउँदै उनले यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको उनले टिप्पणी गरे ।

अर्थमन्त्री महतले बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने बताए । ठूलो कारोबार गर्ने सहकारीहरूलाई राष्ट्र बैंकको मातहतमा ल्याइने उनको भनाइ छ । उनले आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्