Logo
Logo

देशभरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ : सांसद मोदी


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं लाखौं जनताको पैसा दुरुपयोग भइराखेको उल्लेख गर्दै ती सहकारीहरुमाथि छानबिनको माग राखेका हुन् ।

सांसद मोदीले भने, ‘बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन्, न सम्बन्धित मान्छेहरुले कारबाही भोगेका छन् । म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु– देशभरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ ।’

सहकारीलाई छानबिनमा ल्याएर कमिकमजोरी भए नियामक संस्थाले कारबाही गरी जनताको पैसा फिर्ता गराउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्