काठमाडौं । ओडीआई सिरिजअन्तर्गत नेपालले आज क्याानडासँग पहिलो खेल खेल्दैछ । खेल अहिले बिहान ९ : १५ मा टीयु क्रिकेट मैदानमा सुरू हुनेछ । दुवै टोली सिरिजमा विजयी सु?आत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् ।
नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्ने प्रयासमा छ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरूआत गर्नेछ ।

आज खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान) आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह रहेका छन् ।
यस्तै, क्यानडाको टोलीमा साद बिन जाफर (कप्तान) आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान रहेका छन् ।














