Logo
Logo

माओवादीले बोलायो स्थायी र केन्द्रीय समिति बैठक


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति र स्थायी समितिको बैठक बोलाएको छ । शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ भने आइतबार र सोमबार केन्द्रीय समिति बैठक बस्ने सचिव गणेश साहले बताए ।

शाहका अनुसार बैठकमा फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनका लागि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार पारेको मस्यौदा विधानमाथि छलफल हुनेछ । अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको थियो । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने नेता शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्