Logo
Logo

अस्पतालबाटै प्रधानमन्त्री ओलीको ट्वीट, मोदीको प्रस्तावमा समर्थन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० फागुन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमण र यसका असरविरुद्ध सार्क राष्ट्र एकजुट भएर लड्ने प्रस्तावमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाएका छन् । ओलीले ट्वीटमार्फत मोदीको प्रस्तावको स्वागत गर्दै एकजुट भएर अघि बढ्ने बताएका छन् ।


‘घातक रोगबाट हाम्रा नागरिकलाई जोगाउन सार्क राष्ट्रहरुसँग सहकार्य गरेर अघि बढ्न मेरो सरकार तयार छ ।’ प्रधानमन्त्री ओलीका सहयोगीले सो ट्वीट गरेका हुन् । प्रधानमन्त्री ओली मिर्गाैला प्रत्यारोपणपछि अस्पतालमा छन् ।


मोदीले शुक्रबार नै ट्वीट गरेर सार्क राष्ट्रबीच भिडियो कम्फरेन्समार्फत साझा रणनीति बनाएर अघि बढ्ने प्रस्ताव गरेका थिए । सार्कका सबै जसो देशका सरकार प्रमुखहरुले यसमा ट्वीटमार्फत नै समर्थन जनाइसकेका छन् । यो प्रकरणले निष्क्रिय रहेको सार्क पनि ब्यूँतीएको छ ।

प्रतिक्रिया दिनुहोस्